काठमाडौ । भोली अर्थात प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वासको मत लिदैछन् । यसको लागि नेकपा एमालेले आफ्ना सांसदहरुलाई विश्वासको पक्षमा भोट हाल्न भोट हाल्नका लागि ह्वीप जारी गरेको छ । यस्तै कांग्रेसले आफ्ना सांसदलाई विश्वासको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
तर उता संसदको चौथो ठूलो दलको रुपमा रहेको जनता समाजवादी पार्टीले भने प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि सोमबार प्रतिनिधि सभा हुने मतदानमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने भएको छ।
जसपा नेता बाबुराम भट्टराईको टोखास्थित निवासमा आज आइतबार दिउँसो बसेको जसपा पदाधिकारी बैठकले सांसदहरूलाई उनीहरूकै विवेकले निर्णय गर्न दिने निर्णय गरेको हो। यसरी निर्णय गरेपछि संसदीय व्यवस्थाको लागि यो जस्तो घृणित खेल ेकही पनि हुन नसक्ने अवस्था आएको छ । छाडा रुपमा आफ्ना सांसदलाई छोड्नु भनेको पार्टीलाई पनि घातक सिद्ध हुनु हो ।
यसले गर्दा भोली पनि पार्टीको ह्विप नमान्ने परम्पराको विकास हुने निश्चित देखिन्छ । यसतर्फ राजनीतिक दलहरुले बेलैमा बिचार नगरे राजनीतिक रुपमा खसी बोकाको मूल्यमा सांसद नबिक्लान भन्न सक्ने अवस्थालाई नकार्न सकिदैन ।