nepal telicom

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजिनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची अगावै मुख्यमन्त्री गरुङले राजिनामा दिएका हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका छन् । उनको राजीनामा स्वीकृत भएको छ । आज नेकपा एमाले संसदीय दलको बैठक समेत बसेको थियो । यसलगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

 

adb bank long