आखिर कसले रोक्यो महन्थ र राजेन्द्रलाई ?

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने बताएपछि उनीहरुलाई त्यस्तो अवस्थामा पुर्याउनेको खोजी हुन थालेको छ ।

केही समयअघिसम्म ओलीलाई विश्वासको मत दिने बताईरहेको महन्थ र राजेन्द्र एकाएक परिवर्तन हुनुमा राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ । छिमेकी राष्ट भारतबाट भारतीय गुप्तचर एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राजिव राय भट्नागर काठमाडौं ओर्लिनु र उनीहरुले यस्तो निर्णय लिनु ‘स्याल कराउनु र कुखुरा हराउनु’को उखानसँग मेल खाईरहेको छ । तथपाी उनीहरुले यस्तो निर्णय लिनुअघि कोकोलाई भेटे भन्ने कुरा अहिलेसम्म बाहिर आएको छैन ।

आज (आइतबार) विहान कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि बालुवाटार पुगेका उनीहरुले आफ्ना माग पुरा नभएको भन्दै मत नदिई तटस्थ बस्ने बताएका थिए । त्यसलगत्तै बालवाटार छिरेका उनीहरुले प्रधानमन्त्री ओलीलाई आफूहरुले विश्वासको मत दिन नसक्ने बताएका थिए ।
‘हाम्रो केही काम सम्बोधन गर्नुभएको छ । हामी तपाईंको विपक्षमा पनि उभिदैनौँ । तर हामीले विश्वासको मत दिन सक्दैनौं भनेका छौं,’ महतोले भने । आफूहरु तटस्थ बस्ने उनको भनाइ छ ।

जसपामा ओलीको निरन्तरताको पक्षमा देखिएका ठाकुर र महतोले यतिबेला पार्टी एकता कायम राख्न तटस्थ बस्ने नीति अख्तियार गर्नुपर्ने पक्षमा उभिएका छन् । प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएसँगै राजनीतिक दौडधुप बढेको छ ।

adb bank long