लुम्बिनीमा फेरी अविश्वासको रडाको

Telecom

बुटवल । केही समयअघि सल्टिएको मुद्धा फेरी बल्झिएको छ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता भएपछि अहिले लुम्बिनीको राजनीतिक वृत्तमा एक खालको सन्नाटा छाएको छ ।
कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

यसअघि वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए। मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले वैशाख १९ गते मुख्यमन्त्री नियुक्त गरेका थिए।

adb bank long