काठमाडौं । वीर अस्पतालको नयाँ भवन ‘कोभिड युनिफाइड’ अस्पताल बन्ने भएको छ । हिजो शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई ‘कोभिड युनिफाइड’ अस्पताल बनाउने निर्णय गरेसँगै‘ उक्त नयाँ भवन कोभिड युनिफाइड अस्पताल बन्ने भएको हो ।
आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुवीर अस्पतालको नयाँ भवनमा पाँच सय शैय्याको युनिफाइड कोभिड अपताल बनाउने निर्णय गरेको छ ।
मन्त्रीपरिषदबाट नयाँ भवनलाई कोभिड अस्पताल बनाउने सम्बन्धी बनेको निर्देशिका मन्त्रिपरिषद्बाट पारित भएपछि कोरोना महामारी नियन्त्रणका लागि वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय आफैंले चलाउने भएको छ। यसअघि वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत थियो। निर्देशिका अनुसार अब न्याम्सले वीरको अध्ययन अध्यापन अर्थात् शैक्षिक क्षेत्रमात्र हेर्नेछ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको यसअघिको बैठकले नै यो भवनलाई कोरोना विशेष अस्पताल बनाउन सिफारिस गरेको थियो । अब उक्त भवनमा चार सय बेडको आईसीयू बन्नेछ । जसमध्ये तीन सय बेड अक्सिजनसहितका आईसीयू राखिने छ भने ५० बेडमा भेन्टिलेटर हुनेछन् ।