काठमाडौं । कोभिड- १९ अर्थात कोरोना महामारीको दोस्रो सिरिन्जले हायलकायल बनाएपछि संयुक्त अधिराज्य बेलायतले नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
हिजो शुक्रबार लण्डनमा पत्रकार सम्मेलन गर्दै बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’मा राखिएको घोषणा गरेका हुन।
बिबिसीका अनुसार विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने छ ।उक्त यात्रा प्रतिबन्ध बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकमा लागु हुने बताइएको । रेड जोनमा राखिएका मुलुकबाट आउने आइरिस र बेलायती नागरिकले चाहिँ सरकारले तोकेका क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने भएको छ ।
यातायात मन्त्रालयले जारी गरेको ट्राभल नियममा हरियो सूचीमा परेका देशका नागरिकले चाहिँ आफ्नो देशमा फर्कँदा क्वारेन्टिनमा बस्नु नपर्ने प्रावधान राखिएको छ ।