प्रधानमन्त्री ओली आफ्नै नेतृत्वमा सरकार बनाउने दाउमा, कांग्रेसले भन्यो विश्वासको मत दिन्नौ

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा लागेका छन् । त्यसको लागि पर्सी २७ गते संसदको विशेष अधिवेशन बोलाउदै ससदमा विश्वासको मत लिने ध्याउन्नमा प्रधानमन्त्री ओली लागेका छन् ।

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेको आज बसेको संसदीय दलको वैठकले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्र्णय गरेको छ । आज बसेको संसदीय दलको वैठकबाट कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

कांग्रेसको केन्द्रीय समितिको वैठकले निर्णय गरेअनुसार आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको हो । त्यस्तै बैठकले अन्य दललाईसमेत प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आह्वान गर्ने निर्णय गरेको छ।

त्यसैगरी भोली हुने संवैधानिक परिषद् बैठक बहिष्कार गर्ने निर्णयसमेत बैठकले गरेको छ। त्यसैगरी बैठकले कोरोना महामारीमा जनताले उपचार नपाएको प्रति आपत्ति जनाउँदै महामारी नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ।

adb bank long