काठमाडौ । संसदमा रहेका ३० सांसदलार्ई कोरोना देखिएपछि पर्सी हुने भनिएको अधिवेशन स्थगित हुने अवस्था देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक क्याबिनेट बैठक बोलाउनुको कारण विशेष अधिवेशन रोक्न पनि हुन सक्ने आंकलन गरिएको छ ।
पर्सि सोमबार संसदमा विश्वासको मत लिने तयारीमा रहनुभएका प्रधानमन्त्रीले परिस्थिति अनुकूल नदेखेपछि केही महत्वपूर्ण निर्णय लिन क्याबिनेट बैठक बोलाएको हुनसक्ने अनुमान अहिले आएर गर्न थालिएको छ ।
क्याबिनेटको नियमित बैठक सोमबार या बिहीबार राख्ने गरिएको छ । दुई दिनअघि मात्र बैठक बसेको थियो । आज शनिबार अकस्मात बैठक बोलाइएपछि प्रधानमन्त्रीले संसद्को विशेष अधिवेशन स्थगित गर्न खोजेको अनुमान गरिएको छ ।
पहिले नै १४ जना सांसद कोरोना पीडित भएकोमा आज पार्वता बिसी चौधरी,नरमाया ढकाल,रामबाबु यादव,सुरेशकुमार राई,पुष्पा कर्ण कायस्थ,लेखा समिति सभापति भरतकुमार शाह,प्रमोद साह,नीराकुमारी साह र महेश बस्नेत पनि संक्रमितको सूचिमा थपिएका छन् ।
यस्तो अवस्थामा विशेष अधिवेशन गर्नु राम्रो नभएकोले विशेष अधिवेशन मन्त्री परिषदको वैठकबाट स्थगित हुन सक्ने आंकलन गरिएको छ ।
संसद सचिवालयका १९ जना सुरक्षाकर्मी,६ जना मर्यादापालक र बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका ४ जना कर्मचारीमा पनि कोरोना देखिएको छ । “
कोरोना संक्रमण डरलाग्दो गरी फैलिएको छ । सरकारका चार मन्त्री तथा दर्जनौं सांसद संक्रमित भैसकेका छन् । एमाले बरिष्ठ नेता झलनाथ खनाल,जसपा नेता तथा सँसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण,तनहुँका चर्चित सांसद किसान श्रेष्ठ,सरिता न्यौपाने,डा.दिपकप्रकाश भट्ट लगायत ३० जना सांसदलाई कोरोना लागेको बताइएको छ । संसद सचिवालयका एक उपसचिव कृष्ण खनालको कोरोना संक्रमणकै कारण हिजो मृत्यु भएको थियो ।
पहिले नै १४ जना माननीय कोरोना पीडित भएकोमा आज पार्वता बिसी चौधरी,नरमाया ढकाल,रामबाबु यादव, सुरेशकुमार राई,पुष्पा कर्ण कायस्थ, ललेखा समिति सभापति भरतकुमार शाह, प्रमोद साह,नीराकुमारी साह र महेश बस्नेत पनि संक्रमितको सूचिमा थपिनुभएको छ ।
त्यस्तै,प्रधानमन्त्रीका निजी सचिव इन्द्र भण्डारी,प्रेस सल्लाहकार सूर्य थापा,संसद सचिवालयका १९ जना सुरक्षाकर्मी,६ जना मर्यादापालक र बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका ४ जना कर्मचारीमा पनि कोरोना देखिएको छ ।
अनिवार्य परीक्षण गर्दा प्रतिनिधिसभाका कूल माननीयको १०५ संक्रमित देखिनु डरलाग्दो पक्ष हो । यही अनुपातले कूल जनसंख्यामा स्वास्थ्य परीक्षण गर्दा नतिजा अझ नराम्रो आउन सक्छ १ स्वास्थ्य मन्त्रालयले दैनिक ल्याउने नतिजा त र्याण्डमको मात्रै हो ।
स्वास्थ्य मन्त्रालयले वीर अस्पताललाई कोरोनासँग जुध्नका लागि मुख्य अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय क्याबिनेटमा पठाइसकिएका कारण आज त्यसबारे निर्णय हुनसक्ने जनाइएको छ । वीरमा ८ सय बेड छन् । तीमध्ये ७ सय बेडलाई कोभिड उपचारका लागि प्रयोग गर्ने तयारी छ ।