प्रधानमन्त्री ओलीले किन बोलाए आकस्मिक रुपमा मन्त्रीपरिषदको बैठक ?

Telecom

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ५ बजेका लागि आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। ओलीले बोलाएको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेछ।

सामान्यतया मन्त्रिपरिषद् बैठक नियमित रूपमा सोमबार र बिहीबार बस्ने गरे पनि विशेष निर्णय लिनुपर्दा जुनसुकै दिन पनि बैठक बोलाउने गरिएको छ। प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रीपरिषदको बैठक बोलाएपछि के र कस्तो निर्णय गर्ने हुन भन्ने आम मानिसमा कौतुहलता सिर्जना भएको छ ।

पछिल्लो केही दिनदेखि विकसित राजनीतिक घटनाक्रम हेर्दा आजको आकस्मिक बैठकले कुनै ठोस निर्णय गर्न सक्ने अनुमान गरिएको छ। प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन् भने आगामी २७ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

पछिल्ला राजनीतिक घटनाक्रमसँगै विपक्षी दलहरूले पनि भेटघाटलाई तीव्र बनाउँदै लगेका छन्। शुक्रबार साँझ मात्रै पनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएको थियो।
यसरी राजनीतिक रुपमा किचलो बढ्दै जाँदा प्रधानमन्त्री ओलीले कस्तो एक्सन लिने हुन त्यो हेर्न बाँकी छ ।

adb bank long