nepal telicom

बाँकेमा कोरोनाका कारण थप ५ को मृत्यु

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौं । कारोनाको उपचारकै क्रममा बाँकेमा थप ५ जनाको मृत्यु भएको छ । योसँगै बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७४ पुगेको छ भने बाँकेभन्दा बाहिर जिल्लाका तर बाँकेमा ज्यान गुमाउनेको संख्या भने १३१ पुगेको छ ।

थप मृत्यु हुनेमध्ये चार जना बाँकेका र एक जना बर्दियाका रहेका छन् । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१४ की ३८ वर्षीया महिला रहेको उनको शनिबार बिहान पौने सात बजे भेरी अस्पतालमा मृत्यु भएको छ । भारतको लखिमपुरमा वैशाख १४ गते परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनी त्यसको पर्सिपल्ट भेरी अस्पतालमा भर्ना भएकी थिइन् ।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका–१० की ३८ वर्षकै अर्की महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान साढे चार बजे मृत्यु भएको छ ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ६४ वर्षीय पुरुषको बेलुकी ८ बजे र नेपालगञ्ज उपमहानगरपालिका १२ बाँकेका ६७ वर्षीय पुरुषको शुक्रबार अपराह्न पौने पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी बर्दियाको बढैयाताल–७ घर भएका ५२ वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे भेरी अस्पतालमा मृत्यु भएको बताईएको छ ।

 

adb bank long