nepal telicom

आज सबै सांसदहरुको पिसिआर परिक्षण हुँदै

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौं । आज बिहान १० बजेबाट सबै सांसदहरुको कारेना परिक्षण गर्ने भएको छ । विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्ने भएको हो ।

सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण आज गर्न लागिएको हो । यो क्रम अपरान्ह ५ बजेसम्म चल्ने संसद सचिवालयले जनाएको छ ।

भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको परीक्षण हुने भएको छ ।

 

 

adb bank long