nepal telicom

ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउदै माओवादी

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ताको औपचारिक पत्र संसद सचिवालयमा माओवादी केन्द्रले बुझाउदैछ । पार्टी बैठकले गरेको निर्णय अनुसार ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादी स्रोतले जनाएको छ ।

हिजो मंगलबार बसेको स्थायी समिति बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । जसअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र बुधबार बुझाउन लागिएको माओवादी केन्द्रले बताएको हो । संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउने पत्र बुझाउन लागेको माओवादीको भनाइ छ ।

 

 

adb bank long