काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेल गराउने खेलमा खुलेरै लागेका छन् । आज दुबै दलका पदाधिकारी वैठकबाट उनीहरुले यस्तो निर्णय सार्वजनिक गरेका हुन ।
कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले त्यसका लागि दलहरुसँग पहिला छलफल गर्ने निर्णय गरेको छ । बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिनकै लागि अधिवेशन बोलाइएको भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई फेल गराउन पहल गर्ने बताएको छ ।
यस्तै माओवादी केन्द्रको वैठकले पनि ओलीलाई फेल गराउनका लागि आह्वान गरेको छ । ओली सरकारले संवैधानिक मूल्यमान्यतालाई भत्काउने काम गरेको र प्रदेशहरुमा पनि अल्पमतमा पुगेपछि पनि जबरजस्ती सरकार बनाएको कांग्रेसको आरोप छ । माओवादी केन्द्रले पनि यस्तै कुरा गरे्को छ ।