मुलुकभरका ४५ जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा (सूचीसहित)

काठमाडौं । आइतबार साँझसम्म ४१ जिल्लामा निषेधाज्ञा जारी भएकोमा आज थप ४ जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृह मन्त्रालयको विवरण अनुसार आजबाट महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले गरेका हुन् ।

ति मध्ये महोत्तरीमा २२ गते बुधबार साँझ ६ बजेदेखि ३१ गते राती १२ बजेसम्म, डोल्पा र डोटीमा भोलि मंगलबार राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म र नवलपरासी पूर्वमा पनि भोलि २१ गते मंगलबार राती १२ बजेदेखि जेठ ४ गते राती १२ बजेसम्म लागू हुनेछ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा मात्र आंशिक, बाँकी ३६ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ । आवश्यकता अनुसार जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा बढाउन सक्ने प्रवक्ता दाहालले नेपाल प्रेसलाई बताए ।

गत १३ वैशाखको मन्त्रीपरिषद वैठकले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने अधिकार जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएपछि यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेका हुन् ।नेपालप्रेसबाट

 

 

प्रोटोन एजुकेसन
adb bank long