काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार अप्रान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटार वैठक बस्नेगरी बोलाईएको बालुवाटार स्रोतले बताएको छ ।
वैठकका एजेण्डाका बिषयमा नखुलाईएपनि समसामयिक बिषयमा छलफल हुने आंकलन गर्न सकिन्छ । अहिले कोरोना महामारीका कारण जनजीवन आक्रान्त बनिरहेको छ । त्यसैको रोकथामका उपाय र उपचार केन्द्रको सम्बन्धमा बैठकमा छलफल हुने देखिन्छ ।
यसअघि मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।
कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने संभावना रहेको छ ।