हेटौडा । कोरोना महामारीले उग्र रुप लिन थालेपछि मकवानपुरमा पनि सोमबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा आइतबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू हुने बताईएको छ । यस क्षेत्रमा अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन पाइने छैन । अत्यावश्यक उपभोग्य वस्तु बिहान ५ बजेदेखि ९ बजेसम्म खरिद बिक्री गर्न पाइनेछ ।