पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाललाई पनि कोरोना पुष्टि, छाउनीमा उपचार हुँदै

Telecom

काठमाडौ । पूर्वप्रधानसेनापति रुक्मांगद कट्वाललाई कोरोना संक्रमण पुष्टि भएपछि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

उनको उनी दुई सातादेखि अस्पतालमा उपचाररत रहेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताएका छन् । केही समय भेन्टिलेटरमा राखेर उपचार गरिएका कटवाललाई अहिले सामान्य बेडमा सारिएको बताईएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि कट्वाललाई अक्सिजन दिइएको छ र स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलले जानकारी दिएका छन् ।

adb bank long