nepal telicom

पछिल्लो २४ घण्टामा ५ हजार ७६३ जनामा संक्रमण, १९ को मृत्यु

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज शनिबार ५ हजार ७६३ जनामा संक्रमण भएको छ भने १९ को मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७०६ र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको हो।

शनिबार पाँच हजार ७६३ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ। कुल संक्रमितको संख्या तीन लाख २८ हजार ८९३ पुग्दा दुई लाख ८२ हजार ३८२ जना डिस्चार्ज भएका छन्।

शनिबार १९ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २९८ पुगेको छ।

२४ घण्टामा संक्रमित भएकामध्ये ३२ सय ५१ पुरुष र २४ सय ५५ महिला रहेका छन्। यो अवधिमा १२ सय ८७ जना भने डिस्चार्ज भएका छन्। संक्रमितमध्ये ४०१ आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ।

adb bank long