एमाले नेता झलनाथ खनाललाई कोरोना संक्मण नर्भिकमा भर्ना

Telecom

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएपछि नर्भिक अस्पताल भर्ना गरिएको छ।

खनाल निकट स्रोतका अनुसार उनलाई संक्रमण पुष्टि भएपछि आज शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको हो। अक्सिजनको मात्र कम भएपछि खनाल नर्भिक अस्पतालमा भर्ना भएका हुन्। खनालको स्वास्थ्यअवस्था सामान्य नै भए पनि पनि चिकित्सकले अक्सिजन र नुनको मात्रा कम भएको बताएका छन्। खनाललाई झाडापखाला लागेपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

खनालको नर्भिक अस्पतालको भीआईपी कक्षमा उपचार भइराखेको छ। कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह र छोरी प्रेरणाकोसमेत नर्भिकमै उपचार भइराखेको छ।

adb bank long