काठमाडौ । कोभिड १९ अर्थात कोरोनाका कारण अहिले जनजीवन झन कष्टकर बन्दै गईरहेको छ । नेपालमा यसले झन ठूलो समस्याको रुपमा अगाडी आएपछि देशका कोरोनाप्रभावित विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।
निषेधाज्ञा लागू गरेपनि सर्वसाधारण जनताले त्यस्को उल्लंघन गरेपछि हिजो शुक्रबारबाट निषेधाज्ञालाई झन कडा पारिएको छ । काठमाडौ, ललितपुर र भक्तपुरमा प्रहरीले सर्च अभियान नै जारी गरिरहेको छ । जनचेतनामूलक कार्यक्रमलाई प्रहरीले बढावा दिएको छ । अत्यावश्यक काम बाहेक अरु समयमा घरबाहिर ननिस्किन
प्रहरीले उर्दी जारी गरेको छ । कोरोनाका कारण अहिले अस्पतालहरु पनि पूरै भरिभराउ भएका छन् । अस्पतालमा बेडको अभावमा भुईमा राखेर उपचार गरिरहेको तस्विर र समाचारहरु आईरहेका छन् । यसले पनि कोरोना विकराल रुपमा फैलिरहेको पुष्टि गरेको छ ।
यसरी कोरोनाका कारण सबै जनताको निदहराम भएको बेला सरकारले आफै हात उठाएको छ । हिजो एक विज्ञप्ति जारी गर्दै आफ्नो सुरक्षा आफै गर्न र अस्पतालमा उपचार संभव नभएको कुरा सार्वजनिक गरेको छ । यो कुराको अहिले व्यापक बिरोध पनि आईरहेको छ ।
दोस्रो लहरको रुपमा विकसित यो रोगका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । त्यस्तै संक्रमित हुनेको संख्या पनि बढिरहेको छ । यसमा सर्वसाधारण जनता पनि आफै सचेत हुनु जरुरी छ । कोरोनालई खेलाचि सम्झेर बेवास्ता गर्दा त्यसले गम्भिर समस्या उत्पन्न हुन सक्छ ।