राजविराज : पानी लिने बहानामा घर प्रवेश गरी बलात्कार गरेको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका-३ मुसहर्नियाका ३७ वर्षीय दिपेन भनिने दिपनारायण साफीलाई बिहीबार सात वर्ष कैद सजाय भएको छ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलाशले आरोपितलाई सात वर्ष कैद सजाय गरेको अदालतका सुचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। बुढाथोकीका अनुसार आरोपितलाई सात वर्ष कैद सजाय हुनुका साथै ५० हजार क्षतिपूर्ति भराउनु पर्ने फैसला भएको छ।
घरमा कोही नभएका बेला ट्युबवेलबाट पानी लिने बहानामा आएका आरोपितले २०७६ जेठ २७ गते राति बलात्कार गरेको ३० वर्षीया पीडितले बताएकी छन्। पीडितका पति वैदेशिक रोजगारमा छन्।
पीडितले तत्कालै उजुरी गर्ना साथ प्रहरीले भोलिपल्टै ०७६ भदौ २८ गते आरोपितलाई पक्राउ गरेको थियो। आरोपित दुई छोरा र तीन छोरीका बुवा हुन्।
जिल्ला अदालतका तत्कालिन न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा आरोपित ०७६ असोज ९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। अन्नपूर्णपोष्टबाट