बैठकपछि नेता भीम रावलले कारबाहीको हल्लाबाट आफूहरू विचलित नभएको जिकिर गर्दै भन्नुभयो– ‘हामी विचलित भएका छैनौं बरु सशक्त हुँदै जानेछौं । हामी नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशनअनुसार अघि बढिरहेका छौं र त्यो कारबाहीको कुनै औचित्य छैन ।’ बैठकले कोरोना महामारीका कारण संगठनको काम केही खुकुलो पार्ने तर नरोक्ने निर्णय गरेको पनि जानकारी दिँदै रावलले कोरोना महामारी नियन्त्रणमा खटिन मातहतका कमिटीलाई निर्देशन दिने समेत निर्णय भएको बताउनुभयो ।नेपाल समाचारपत्रबाट