अविश्वास प्रस्तावमाथि छलफल गर्न लुम्बिनीमा १९ गते विशेष अधिवेशन

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध गरेको अविश्वास प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते संसदको विशेष अधिवेशन बोलाइएको छ।

वैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादीले मुख्यमन्त्रीमाथि आविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशनको मागसमेत गरिएको थियो। सोही बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ गते प्रदेश सभा बैठक आह्वान गरेका हुन्।

लुम्बिनी प्रदेशमा ‘फ्लोर क्रस’ नभए मुख्यमन्त्री पोखरेल बहुमतमा छन्। आविश्वास प्रस्ताव पेश भएपछि जसपाका ४ जना सांसद मन्त्री बनेर सरकार सहभागी भएपछि उनी बहुमत पुगेका हुन्।

लुम्बिनीमा एमालेको ४१ सांसद छन्। बहुमतका लागि ४३ सांसद आवश्यक हुन्छ। जसपाका चार सांसद मुख्यमन्त्रीतर्फ आएपछि अविश्वासको प्रस्ताव पारित हुने सम्भावना कम रहेको छ। यद्यपि एमाले भित्रको आन्तरिक विवादले के हुन्छ भन्ने एकिन छैन्।

लुम्बिनीमा एमालेको माधव नेपाल पक्षधर दुई सांसद खुलेरै देखिएका छन्। उनीहरुले फ्लोर क्रस गरेपनि मुख्यमन्त्री बहुमतमा हुनेछन्। अन्य सांसदले पनि धोका दिए मुख्यमन्त्रीलाई बढी हुने जोखिमसमेत देखिएको छ।अन्नपूर्णपोष्टबाट

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long