काठमाडौ । सरकारले १५ दिनसम्म निषेधआज्ञा जारी गर्नेभएपछि काठमाडौ उपत्यका छाडी आफ्नो घरतिर जानेहरुको भिड लाग्न थालेको छ । काठमाडौ उपत्यकामा १६ गते बिहिबारदेखी २२ गतेसम्मका लागि निषेधआज्ञा जारी गर्ने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निर्णय गरेको छ भने सरकारले कम्तीमा १५ दिन निषेधआज्ञा जारी गर्नुपर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
यससँगै अत्तालिएका सर्वसाधारण उपत्यका छाड्ने मनस्थितिका साथ उपत्यका छाड्न लागेका हुन । अहिले काठमाडौ उपत्यकाबाट बारिहिने प्रमुख नाकाका साथै बसपार्कमा मान्छेहरुको भीड लाग्ने गरेको छ । भोली १५ गतेसम्ममा उपत्यका छाड्नेको संख्या धेरै नै हुन सक्ने आंकलन अलिहे त्यस स्थानमा देखिने भीडले पनि प्रष्ट देखिन्छ ।