पूर्वराजपा सांसदलाई महन्थको ब्रिफिङ : सरकारले माग सम्बोधन गरे सहयोग गर्न सकिन्छ

Telecom

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) फुटतिर अग्रसर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने वा टिकाउने भन्ने बिषयमा विवाद हुँदा जसपा फुटतिर केन्द्रीत भएको हो।

कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने या ओली सरकारलाई निरन्तरता दिने भन्ने विषयको विवादले जसपा फुटको दिशामा पुगेकाे छ। जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा छन्।

तर, अर्का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो ओली सरकार निरन्तरताको पक्षमा देखिएका छन्। ओलीको गत बैशाख ८ गते ल्याएको अध्यादेशले रातारात एकता भएको मद्येशी दल अहिलेको फुटको अभ्यास गरिरहेका छन्।

सत्ता सहकार्यको विवाद चुलिँदै जाँदा साविक राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले आन्तरिक छलफल गरेका छन्। अध्यक्ष ठाकुरले आफ्ना पक्षका सांसदहरुलाई सरकारसँग भइरहेको वार्ताको बिषयमा जानकारी गराएका छन्। बैठकमा सांसदहरुलाई सरकारसँग भइरहेको वार्ता र त्यसको परीणामको बिषयमा जानकारी गराएको सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए।

‘उहाँले राख्नुभएको बैठकमा हाम्रो माग सम्बोधन गर्नका लागि सरकार सकारात्मक भइरहेको बताउनुभयो’ अध्यक्ष ठाकुरको भनाई उदृत गर्दै कर्णले भने, ‘सरकारले हाम्रो सबै एजेण्डा पुरा गरेर सहयोग गर्न सकिन्छ। सरकारले माग सम्बोधनको प्रक्रिया अगाडि बढाइसकेको छ।’ अध्यक्ष ठाकुरले आफू खेमाको सांसदलाई मात्रै बोलाएको भएपनि त्यसबारेमा खुलाएनन्।

जसपाले सरकारसँग सांसद रेशम चौधरी रिहा, मधेस तथा थरूहट आन्दोलनको मुद्दा फिर्ता, संविधान संशोधन लगायतको माग अघि सार्दै आइरहेको छ। कांग्रेस, माओवादी र साविक संघीय समाजवादी पार्टीका नेताहरुले ओली सरकार ढाल्न पहल गरेपछि मधेसवादी दलको माग सम्बोधन गर्न सक्रिय भएर लागेका छन्।

अन्नपूर्णपोष्टबाट

adb bank long