काठमाडौं : झन्डै विभाजनको संघारमा पुगेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार करिब पौने दुई घन्टा वार्ता भएको छ। राजधानीको मेरियट होटलमा भएको भेटमा सकारात्मक कुराकानी भएको बताइए पनि दुवैतर्फबाट आधिकारिक प्रतिक्रिया आएको छैन।
वार्तामा पार्टीका नेता तथा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए। केहीबेर वार्तामा सहभागी भएर पौडेल बाहिरिएपछि दुईजनाबीच एक्लाएक्लै वार्ता भएको थियो। पार्टी एकता जोगाउने विषयमा वार्ता केन्द्रित रहेको बताइएको छ। वार्ताबाट पहिले प्रधानमन्त्री बाहिरिएका थिए। त्यसपछि बाहिरिएका नेपालले पनि अहिले भन्ने कुरा केही नभएको बताए। स्रोतले भन्यो, ‘लामो अन्तराल अनि तिक्ततापछि भएको भेटमा मन माझामाझ त भयो तर कुरा मिल्न बाँकी नै छ।’
पौडेललगायतका दुवैतिरका केही युवा नेताहरुको विशेष पहलमा यो वार्ता संभव भएको हो। यसअघि युवा नेता योगेश भट्टराई बुधबार बालुवाटार पुगेर पार्टी एकता जोगाउन एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका थिए।
ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टी विवादले उत्कर्ष लिएको हो। मंगलबार बसेको एमाले महाधिवेशन आयोजक समिति बैठकले नेपालसहित २७ जना संघीय सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई पार्टीले किन कारबाही नगर्ने भन्दै दुई दिने अल्टीमेटमसहित स्पष्टीकरण सोधेको थियो। माधवकुमार नेपाल समूहले यो स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकाल्दै संभावित कदम रोक्नका लागि अदालतमा समेत निवदेन दिएका छन्।
सर्वोच्चको फागुन २३ को फैसलाअनुसार एमाले र माओवादी केन्द्र अलग अलग हैसियत कायम भएपछि एमालेभित्र फेरि आन्तरिक कलह चर्किएको हो। लामो संवादहिनता तोडिनु नै अर्थपूर्ण रहेको र यसले पार्टी एकताका पक्षमा सकारात्मक बल पुग्ने प्रतिक्रिया दुवैतर्फका नेताहरूले व्यक्त गरेका छन् । यसअघि चैत २ गते एमाले मुख्यालय धुम्बाराहीमा समूहिक वार्ता भएको थियो। तर त्यो वार्तापछि विवाद झन् चर्किएको थियो।
माधवकु