nepal telicom

पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

स्वास्थ्य सूचना

काठमाडौं । २४ घन्टामा थप १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने ११ जनाको मृत्यु भएको छ । ८ हजार ७३८ परीक्षण गराउँदा १७ सय ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १०२ पुगेको छ।
मन्त्रालयका अनुसार सोमबार २५१ जना कोरोना जितेर घर फर्किएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ।

हाल ९२ जना क्वारेन्टाइनमा र ८ हजार ६५९ जना आइसोलेसनमा रहेका छन्।

adb bank long