उपत्यकाका प्रजिअले भने तत्काल विद्यालय बन्द गर्नुपर्छ

काठमाडौँ । कोरोना महामारीको जोखिम कम नभएसम्म शेक्षिकसंस्था बन्द गर्नका लागिउपत्यधकाका प्रमुख जिल्ला अधिकारीहरुले आग्रह गरेका छन् । उनीहरुले उपत्यकामा रहेका तिनै जिल्लाका विद्यालय कोरोनाको त्रास कम नभएसम्मका लागि विद्यालय बन्द गर्नुपर्ने बताएका हुन ।

कोरोना संकट व्यवस्थापन केन्द्रको सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअहरुले महामारीबाट विद्यालय तहका छात्रछात्रामा संक्रमण फैलिन थालेकोले अर्को निर्णय नभएसम्म सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका हुन् ।

प्रजिअहरुले भीडभाड हुने अन्य क्षेत्र र होटलररेस्टुराँलगायतलाई मापदण्ड तोकेर सञ्चालन गर्नुपर्ने पनि सुझाव दिएका छन् । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले तत्काललाई वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्नुपर्ने र त्यसपछि पनि जोखिमको अवस्था हेरेर थप निर्णय लिनुपर्ने सुझाव दिएका थिए ।

adb bank long