२४ घन्टामा १ हजार १५ जनामा देखियो कोरोना संक्रमण, ८ को मृत्यु

Telecom

काठमाडौं । गएको २४ घन्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जनामा र ६९९ जनाको एन्टिजेन परीक्षण गराउँदा ८१ जना गरी १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको जानकारी गराए ।

त्यसैगरी मन्त्रालयका अनुसार कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ। मन्त्रालयका अनुसार हाल ६ हजार २९० कोरोनाका सक्रिय संक्रमित छन्य भने स्तै हाल ८५ जना क्वारेन्टाइनमा र ६ हजार २९० जना आइसोलेसनमा रहेक छन् ।

त्यस्तै ११६ जना आइसीयूमा र ४६ जना भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

adb bank long