nepal telicom

यसकारण डाके प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक डाकेका छन् । भोली शनिबार बिहान ११ बजेको लागि सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले बताएको छ। वैठकमा समसायमयिक राजनीतिक घटनाक्रम, कोभिड महामारी रोकथाम र नियन्त्रणलगायत विषयमा छलफल गर्ने बताईएको छ ।

पछिल्ला दिनमा नेपालमा कोरोना भाइरस (कोभिड -१९) तीव्ररुपमा फैलिरहेको छ। संक्रमित र मृतकको संख्या दिनप्रतिदिन बढिरहेको छ। सरकारले १४ जिल्लालाई कोरोनाका अति प्रभावित जिल्ला घोषित गरेको छ।

adb bank long