काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका कुमार चुँडाल र नहकुल सुवेदीको विषयमा आज संसदीय सुनुवाइ हुँदैछ ।
चुँडाल र सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुँडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् ।
४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुँडाल र सुवेदीविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको थियो । चुँडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् ।
चुँडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दिएका थिए । तर, सर्वोच्चले सुवेदीको योग्यता सर्वोच्च अदालतको न्यायाधीश बन्न पुग्ने फैसला गरिदिएको छ ।