nepal telicom

जसपा अध्यक्ष महन्थ र प्रधानमन्त्री ओलीबीच यस्तो सहमति

स्वास्थ्य सूचना

काठमाडौँ । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच सरकार संचालनका लागि सहमति भएको छ । प्रधानमन्त्री र जसपाका अध्यक्ष महन्थबीच छलफल भए लगत्तै दुइ दलको कार्यदलको बैठक अहिले बसिरहेको छ । उक्त कार्यदलले सहमतिको खाका सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

जसपाका नेता लक्ष्मणलाल कर्णले ओली र ठाकुरका बीचमा छलफल भएको र अहिले कार्यदलको स्तरमा छलफल भैरहेको छ । यसअघिको ओली र ठाकुरबीचको छलफलमा कार्यदलका सदस्यहरू समेत सहभागी रहेका थिए । उक्त कार्यदलमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण लगायत रहेका छन ।

 

adb bank long