काठमाडौ सहित प्रमुख शहरका सबै विद्यालय एक महिना बन्द गर्न सिफारिस

Telecom

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित प्रमुख ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिएका छन्।

‘काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्जसहित १५ वटा ठूला सहर छन्। यहाँ संक्रमण फैलन सक्ने भएकोले कम गर्न खोजेको हो। अहिलेको नयाँ भाइरस एकदम संक्रमणशील छ। त्यसैले एकैचोटी धेरै मानिस बिरामी भएर अस्पताल आए भने उपचार गर्न सकिँदैन,’ उनले भने।

त्यस्तै मन्त्रालयले विद्यालयसहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न सिफारिस गरेको छ ।

विद्यालय बन्द गर्ने प्रस्ताव पुगे पनि सिसिएमसीले अहिलेसम्म यसबारे ठोस निर्णय लिएको छैन।

 

 

adb bank long