स्वास्थ्यमन्त्री त्रिपाठीले भने -बालबालिकालाई जोगाउन गाह्रो भो

Telecom

काठमाडौं । नयाँ खालको कोरोनाको लहर फैलिन थालेपछि त्यसले सबैभन्दा बालबालिकालाई जोगाउन गाह्रो भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले बताएका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन । सरकारको पहिलो कर्तव्य नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ केन्द्रीत रहेर क्रियाशील रहेको जनाएको छ ।

मन्त्री त्रिपाठीले कोरोना संक्रमण डरलाग्दो संक्रमण भएको र अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् ती सबै १८ वर्षमाथिका लागि मात्रै बनेकोले बालबालिकालाई जोगाउन चुनौती थपिएको बताए ।

मन्त्री त्रिपाठीले सोही अवस्थालाई मध्यनजर गर्दै काठमाडौंसहितका सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्दै अनलाइन माध्यममा जाने भनेर छलफल भएको पनि बताए । तर तत्कालका लागि केही निर्णय नभएको अवस्थामा उनीहरुलाई संक्रमणबाट जोगाउँदै जनजीवनलाई पनि सामान्य बनाउन सबै पक्षले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए ।

 

adb bank long