काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने भएका छन् ।
सरकारका प्रवक्ता तथा संचारमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले विशेष त नयाँ वर्षको शुभकामना दिनका लागि सम्बोधन गर्न लागेका हुन ।