प्रधानमन्त्री ओलीले बोलाए एमालेको केन्द्रीय कमिटी बैठक

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ६ गतेका दिन पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् । उता नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ । यसअघि ओलीले समानान्तर गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बनको कारबाही गरिसकेका छन् ।

यसअघि गएको चैत ७ मा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको थियो । आगामी बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी रहेको बताईएको छ ।

 

adb bank long