काठमाडौं । कोरोनाको महामारीलाई देखाएर विद्यालय बन्द गर्न नहुने सुझाव सरोकारवालाहरुले दिएका छन् । आज विहान शिक्षा मन्त्रालयले आयोजना गरेको छलफलमा सहभागी शैक्षिक क्षेत्रका सरोकारवालाहरुले परीक्षाहरु आइरहेको भन्दै विद्यालय बन्द गर्न नहुने सुझाव दिएका हुन । गर्नै परे स्थानीय तहहरुले त्यहाँको अवस्था हेरेर गर्न सक्ने नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले बताए ।
छलफलमा सहभागी परीक्षण बोर्डका अध्यक्ष डा.चन्द्रमणी पौडेल,नगरपालिका संघका अध्यक्ष ब्यान्जु,प्याव्सन र एनप्याव्सनका पदाधिकारी तथा अभिभावक संघहरुले विद्यालय बन्द नगर्न सुझाव दिएका हुन् ।
उता यस विषयमा ठोस निर्णय लिनका लागि आजै साझ मन्त्रीपरिषदको वैठक बस्दैछ । नयाँ प्रजातिको कोभिड संक्रमणको जोखिम बढिरहेका बेला नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे आजको बैठकमा छलफल हुने बताइएको छ ।