माओवादी छाडेर एमाले भएका ४ प्रदेश सांसदको पद जाँदै

Telecom

जनकपुरधाम । सर्वोच्चबाट नेकपा एकता बदर भएपछि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश–२ को प्रदेशसभामा चार सांसदको पद आजबाट जाँदैछ । उनीहरुले माओवादीमा नफर्किने बरु कारबाहीको भागीदार हुने बताईरहेका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीरले सांसद पद गुमे पनि एमालेमै बस्ने बताएका हुन् ।

शुक्रवार चारै सांसदलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ घण्टै स्पष्टीकरण सोधेका थिए । तर उनीहरु कोही पनि स्पष्टीकरणको जवाफ दिएनन् । सांसद मण्डलले भने, ‘स्पष्टीकरण बुझाउँदिन, कारबाहीबाट डराएको छैन ।’

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिए पनि कारबाही गर्ने भएपछि उनीहरु स्पष्टीकरणको जवाफ नदिने निष्कर्षमा पुगेका छन् । स्पष्टीकरण नबुझाएपछि सम्भवतः आजै उनीहरुले सांसद पद गुमाउनेछन् ।

झण्डै ६ महिनापछि प्रदेश–२ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । जसमध्ये चार साँसद एमालेमा पुगेपछि माओवादी कमजोर बन्ने निश्चित छ । उनीहरुलाई पदमुक्त गरेमा माओवादीका मात्र ७ सांसद प्रदेशसभामा रहनेछन् ।

 

adb bank long