nepal telicom

शिवपुरीमा लागेको डढेलो निभाउन पानी खसाउँदै सिम्रिक हेलिकप्टर

स्वास्थ्य सूचना

काठमाडौँ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार लागेको डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टर प्रयोग गरी निभाउने थालिएके छ ।

आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो निभाउने प्रयास भइरहेको हो । आइतबार मध्याह्न डढेलो लागेपछि काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो ।

हेलिकोप्टरमा पानी भर्न होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको बताइएको छ ।

adb bank long