ओलीलाई टक्कर दिन नेपालले बनाए काठमाडौमा समानान्तर कमिटी

Telecom

काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपाल र झलनाथ खनाल पक्षले काठमाडौमा समानान्तर कमिटी गठन गरेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिना पार्टी सदस्य समेत नरहने गरी निलम्वन गरेपछि एकाएक छटपटाएका नेपाल खनाल पक्षले यसअघि कास्कीमा समानान्तर जिल्ला कमिटी गठन गरेका थिए ।

नेता नेपालले त्यतिखेरै केन्द्रमा पनि समानान्तर कमिटी गठन गर्ने उद्घोष गरेका थिए । त्यसैअनुरुप हिजो शनिबार नेपाल खनाल पक्षले केन्द्रीय समति पनि गठन गरेका छन् । आज वरिष्ठ नेता खनाल र नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो। बागमती प्रदेशसभा सदस्य वसन्त मानन्धरको संयोजकत्वमा समानान्तर कमिटी बनेको छ।

एमालेभित्र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता खनाल-नेपाल पक्षलाई कारबाही गर्न थालेपछि यो समूहले समानान्तर कमिटी घोषणा गर्न थालेको हो। समानान्तर कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ छन् ।

अध्यक्ष ओली समूहको काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राई रहेका छन्।

adb bank long