महन्थले मुन्टो बटार्दा कांग्रेसलाई आपत् !

काठमाडौ । आफ्नै नेतृत्वमा सरकार बनाउन कस्सिएको कांग्रेसलाई पहिलो गाँसमै ढुंगा परेको छ । सरकार गठनको विषयलाई लिएर जनता समाजवादी पार्टी(जसपा)का नेता महन्थ ठाकुरसँग छलफल चलाएपनि त्यसले मूर्तरुप नलिदा कांग्रेसलाई यस्तो अवस्था सिर्जना भएको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जसपाका नेता ठाकुरबीच आज आइतबार भेटवार्ता भएपनि त्यले कुनै निष्कर्ष निकाल्न सकेन । सरकार परिवर्तनका विषयमा छलफल चलाएपनि महन्थले हुन्छ वा हुन्न केही नभनेपछि कांग्रेसका बरिष्ठ नेता पौडेल जिल्ल परेका छन् ।

नेता पौडेल ठाकुरसँग भेट्न आइतबार दिउँसो कौसलटारस्थित ठाकुरको निवास पुगेका थिए । ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग यसअघि भएका वार्ताबारे पनि जानकारी गराएका थिए । मधेसका माग सम्बोधन गर्ने मुद्दामा प्रधानमन्त्री ओलीसँग सकारात्मक रुपमा सम्वाद भइरहेको ठाकुरले बताएका थिए।
त्यतिमात्र नभई ठाकुरले कांग्रेसले आफूहरुसँग नसोधी केन्द्रीय समितले एकाएक सरकारआफ्नै नेतृत्वमा सरकार गठन गर्नका लागि अग्रसर भएको भन्दै असन्तुष्टि समेत जनाए । भेटमा पौडेलले ओलीको विस्थापनका लागि जसपाको निर्णायक भूमिका हुने भन्दै ठाकुरलाई महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । तर ठाकुरले स्पस्ट जवाफ दिएका छैनन् । ठाकुरले पार्टीभित्र छलफल गरेर थप कुरा गरौंला भनेका थिए।

नेपाली कांग्रेसको गत शुक्रबार बसेको केन्द्रिय समितिको बैठकले ओलीको राजीनामा माग्‍ने र आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो। तर आइतबारसम्म त्यसबारेमा ठोस् गृहकार्य भएको छैन। माओवादी केन्द्र त्यसका लागि तयार भए पनि जसपा अहिले अन्योलमा छ। अहिले जसपाले सरकार र विपक्ष गठबन्धन दुवैतिर कुराकानी जारी राखेको छ। तर कता जाने भनेर अहिलेसम्म संस्थागत निर्णय लिएको छैन। जसपाको साथ पाए ओली सुरक्षित हुनेछन् भने उसको सहयोगबिना कांग्रेस र माओवादी केन्द्रसहितकको सत्ता गठबन्धन पनि संभव हुँदैन। जसपा तटस्थ बसिदियो भने न ओलीले विश्‍वासको मत पाउनेछन् न त वैकल्पिक सरकार बन्‍नेछ। त्यो अवस्था मुलुक फेरि स्वभाविक रुपमा चुनावमै फर्किने अवस्था बन्‍नेछ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्‍न १ सय ३८ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२०, कांग्रेसका ६३ (२ निलम्वित), माओवादी केन्द्रका ४९ (सभामुख मतदान गर्न नमिल्ने र तीजना एमालेतिर फर्केको)जसपाका ३४ सांसद छन्। त्यस्तै तीनजना स्वतन्‍त्र हैसियतमा छन्।

 

adb bank long