प्रधानमन्त्री ओलीले भने समर्थन फिर्ता गर राजिनामा आउँछ

Telecom

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्मथन फिर्ता लिएको खण्डमा आफ्नो राजीनामा आउने बताएका छन् ।प्रधानमन्त्री ओलीले राजिनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन चुनौती समेत दिएका छन् । आज बालुवाटारमा देशभरका एक सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै उनले यस्तो चुनौति दिएका हुन् ।

ओलीले भने- काठमाडौंमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन् । अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन् । राजीनामा त माग्यामाग्यै छन् त । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु रु माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न ।
प्रधानमन्त्री ओलीको यो भनाईबाट आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन चुनौति समेत दिएको बुझ्न सकिन्छ ।

 

adb bank long