सिमानाकाबाँटै कोरोना संक्रमित भाग्दै, कोरोनाको जोखिम भयावह हुन सक्ने खतरा !

Telecom

धनगढी । कोरोना पोजिटिभ देखिएकाहरु सिमा नाकाबाटै भागेको कुरा सार्वजनिक हन थालेपछि कोरोनाले झन भयावह रुप लिन सक्ने खतरा बढेको छ । हिजो बिहीबार मात्र धनगढीको त्रिनगर नाका हुँदै भारतबाट स्वदेश फर्किएका पाँचजना कोरोना संक्रमित नाकाबाटै भागेका छन्।यसरी नाकाबाटै भाग्ने क्रम बढेपछि कोरोनाले उग्र रुप लिन सक्ने सरोकारवालाहरुले अड्कल काट्न थालेका छन् ।

भारतबाट नेपा आएकाहरुमध्ये १६ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । उनीहरुमध्ये आईसोलेसनमा पठाउन एम्बुलेन्समा राखिएकामध्ये ५ जना हुलमुलमा मिसिएर भागेका हुन । उनीहरु कहाँ भागे भन्ने कुरा पत्ता लगाउन सकिएको छैन । बाँकी ११ जनालाई भने आईसोलेसनमा पठाइएको छ ।

चैत ९ यता मात्रै त्रिनगर नाकाबाट चार हजार ५६९ जना भित्रिएका छन् । तीमध्ये एक हजार २५० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको प्रहरीसँग तथ्यांक छ। नाकाको हेल्थ डेस्कमा जनशक्तिको समेत अभाव रहेको छ। तीन दिनअघिसम्म हेल्थ डेस्कमा चार स्वास्थ्यकर्मी मात्रै थिए। अहिले चारजना थप गरेर आठजना खटिएका छन्। सुरक्षाकर्मीले नाकामा हुने भीड व्यवस्थापनमा सहयोग नगरेको स्वास्थ्यकर्मीको गुनासो छ।

यसलाई बेलैमा नरोके र हामी सर्वसधारण जनता सचेत र चनाखो नभए के हुन्छ अहिले नै केही भन्न सक्ने अवस्था छैन ।

adb bank long