कसको ‘ग्रिन सिग्नल’मा कांग्रसले माग्यो प्रधानमन्त्री ओलीको राजिनामा ? आफ्नै नेतृत्वमा सरकार बनाउन कस्सिनुको यस्तो छ रहस्य !

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन कस्सिएको छ । लामो समयपछि कांग्रेसले मौनता तोडेको हो । हिजो पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठकबाट कांग्रेसमा प्रधानमन्त्री ओलीको राजिनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले पटकी सरकारको नेतृत्व गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेपनि देउवाले यस विषयमा मुख खोलेका थिएनन् । संसद पुनस्थापना भएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने अपेक्षा गरेको भए पनि त्यसो नभएकाले राजीनामा माग गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताएका छन् ।

यस सरकार परिवर्तनका विषयमा पटकी प्रधानमन्त्री ओलीको बिरुद्ध नजाने नीति लिएका कांग्रेससभापति देउवाले एकाएक किन यस्तो निर्णय गरेका हुन त्यो आश्चर्यको विषय भएको छ । प्रचण्डले पटकी आग्रह गर्दै डेडलाईन समेत दिएपछि बाध्य भएर यस्तो निष्कर्षमा पुगेका हुन देउवा ।
पार्टीभित्र बाटै दबाव बढ्नुका साथै सभापति देउवाममा पनि सरकारको नेतृत्व गर्ने आश पगाएका कारण कांग्रेस निर्णयमा पुगेको बताईन्छ । तर अहिलेको अवस्थामा सरकार बनाउन त्यति सजिलो भने देखिदैन । किनभने माओवादी केन्द्र र कांग्रस मात्र मिलेर बहुमत आउदैन । यसका लागि जनता समाजवादीलाई पनि हात लिनु आवश्यक हुन्छ ।

जनता समाजवादीले खुलेर कतै समर्थन गरेको देखिदैन । जसपाले प्रधानमन्त्री ओलीसँग बारम्बार छलफलमा गरिरहेको छ । तथापी निष्कर्ष भने निकालेको छैन । यस्तो अवस्थामा देउवाले प्रधानमन्त्री ताक्नु संयोग मात्रै नभई कुनै अदृश्य शक्तिको ग्रिन सिग्नल त होईन भन्ने आम प्रश्न उठ्न थालेको छ ।

 

adb bank long