प्रधानमन्त्री ओलीले भने खाने पानी नपाएकाले पैसा तिर्नु पर्दैन

Telecom

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी नपाएकाले पैसा तिर्न नपर्ने बताएका छन् । यसअघि खानेपानी नपाएपनि जनताहरुले खानेपानीको शुल्क भने तिर्दै आईरहेका थिए । मेलम्ची खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसका लागि आफूले सम्बन्धित निकायलाई निर्देशन दिने बताए ।

 

कार्यक्रममा उपस्थित भएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पानी प्रयोग नै नगरेका काठमाडौंका घरधनीले पनि शुल्क तिर्नुपरेको बताएका थिए । यस्ता घरधनीबाट शुल्क नलिने व्यवस्था मिलाउन उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

 

जवाफ दिँदै प्रधानमन्त्री ओलीले सेवा प्राप्त नगरेको अवस्थामा शुल्क वा जरिवाना तिराइनु गलत अभ्यास भएको बताए ।

 

उनले भने, ‘यो कुरा सुन्दा अचम्ममा परेको छु । सेवा प्राप्त नगरिकन शुल्क तिर्नुपर्ने हुनै सक्दैन । यसलाई सच्याइने छ । म सबै निकायलाई भन्न चाहन्छु । सेवा नदिइ सेवा शुल्क लिन मिल्दैन । त्यसमाथि जरिवाना गर्न झन् मिल्दैन । सरकारले कमजोरी क्षमायाचना गर्नुपर्नेमा दण्डित गर्ने कुरा किमार्थ उचित हुँदैन ।’

adb bank long