nepal telicom

सुरेन्द्र र घनश्यामले पनि भेटे ओलीको डण्डा

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । यसअघि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिना पार्टी सदस्य समेत नरहने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही चलाएको थियो ।

यसपछि पालो सुरेन्द्र पाण्डे र घनश्याम भुषालको आयो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि उनीहरुलाई पनि ६ महिनाका लागि पार्टीबाट निष्काशन गरेका हुन । एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । फेरि उनीहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले १७ गते दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ ।

त्यस्ते प्रधानमन्त्री ओलीले अहिलेकै जस्तै पार्टीको नीतिबिरुद्ध लागे अझै कडा खालको कारबाही गर्ने जनाउ दिएका छन् । पार्टीको विधानविपरित उनीहरुले अभिव्यक्ति तथा कृयाकलाप गर्दै आएको ओली पक्षको आरोप रहेको छ ।

adb bank long