प्रचण्डको निवेदनलाई के गर्लान प्रधानन्यायाधीश चोलेन्द्रले ?

Telecom

ठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले(माओवादी साबिककै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फागुन २३ को फैसला पुनरावलोकनका लागि दायर गरेको निवेदन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै इजलासमा राखेर हेर्ने भएका छन् ।

प्रचण्डको निवेदनलाई आफ्नै इजलासमा हेर्नेभएपछि अहिले प्रधानन्यायाधीश राणाले के गर्लान भन्ने जिज्ञासा सबैसामु देखिएको छ । पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्ने निर्णय अब राणा सहित तेजवहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासले गर्नेछ ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन २३ गते नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिदै केपी ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा साबिककै पार्टीमा फर्किन आदेश दिएको थियो । त्यसपछि प्रचण्ड पुनरावकनका लागि भन्दै सर्बोच्चमा निवेदन दिएका थिए ।

 

adb bank long