nepal telicom

माधव नेपालले पोखरा पुगेर गरे केन्द्रमा पनि छुट्टै कमिटी बनाउने घोषणा

स्वास्थ्य सूचना

पोखरा । नेकपा र्एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रमा पनि छुट्टै कमिटिी बनाउने घोषणा गरेका छन् । कास्कीको जिल्ला कमिटी बनाईसकेपछि उनले पोखराबाट यस्तो उद्घोष गरेका हुन ।

नेपालले आफूपक्षीय कार्यकर्ता जम्मा गरेर कास्कीमा जिल्ला कमिटी बनाएपछि यस्तो बताएका हुन । नेता नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर नयाँ केन्द्रीय कमिटी बनाउने पनि बताए ।

नेता नेपालले भने, ‘अब चाँडै केन्द्रको पनि घोषणा गर्नेछौं । जिल्लामा सबै संगठित हुनुहोस् । कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रमा पनि घोषणा गर्छौं ।’

एमालेले माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीको सदस्यबाट निलम्बन गरेको छ । नेपालसँगै अर्का नेता सुरेन्द्र पाण्डे पनि कास्की पुगेका छन् ।

 

 

adb bank long