पर्ख र हेरको अवस्थामा रहेका देउवाले के गर्लान प्रचण्डको डेडलाईनपछि ?

काठमाडौ । हिजो मंगलबार माओवादी केन्द्रक अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) सरकार परिवर्तनको कुरालाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिल्कण्ठ पुगे ।

उनले देउवासँगको भेटमा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि आफूलाई सहयोग गर्न आग्रह गरे । तर देउवाले ठोस उत्तर दिएनन् । यसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा छटपट्टी छायो ।

प्रचण्डले देउवालाई प्रधानमन्त्री लिनका लागि आग्रह गरेका थिए । तर सजिलै यो पद प्राप्त हुने अवस्था नभएपछि देउवाले मुन्टो बटारे । जसका कारण प्रचण्डमा छटपट्टी शुरु भएको हो ।
प्रचण्ड जसरी पनि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको कुर्चीबाट फाल्न चाहन्छन् । तर जनता समाजवादी पार्टीसँग कुरा गरेपनि त्यहाँबाट पनि उचित उत्तर पाएनन् । उता प्रधानमन्त्री ओलीले पनि प्रचण्डको विभिन्न टिकडमलाई नजिकबाट नियालिरहेका छन् । प्रधामन्त्री ओलीले देउवालाई आफ्नै नेतृत्वको सरकारमा सामेल गराउने मनाशाय राखेका छन् ।

त्यसैले भित्री रुपमा देउवासँग प्रधानमन्त्री ओलीले घनिभूत छलफल चलाएका छन् । त्यस्तै जसपासँग पनि औपचारिक छलफल चलाएका छन् । यसले के देखाउछ भने अहिले नै ओली सरकार ढाल्नका लागि प्रयोग गरिएको अस्त्र प्रचण्डका लागि फलिफाल हुने अवस्था देखिदैन ।

त्यसै कारण प्रधानमन्त्री ओलीलाइृ दिएको समर्थन तत्काल फिर्ता हुने अवस्था देखिदैन । यस्तै अविश्वासको प्रस्ताव पनि तत्काल दर्ता हुने अवस्था छैन । यसका लागि कांग्रेस र जसपाले समर्थन गर्नुपर्ने हुन्छ । उता पर्ख र हेरको अवस्थामा रहेका देउवाले के डिसिजन दिने हुन त्यो गर्भकै अवस्थामा रहेको छ । त्यसैले नेपाली राजनीतिमा नयाँ तरंग समेत उत्पन्न गराएको छ ।

adb bank long