दाहालले गरे सत्ता समिकरणका लागि निर्णय दिन देउवालाई आग्रह

काठमाडौ । सत्ता समिकरणका लागि ठोस निर्णय गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी र नेपाली कांग्रेसले ठेस निर्णय नगर्दा त्यसमा अन्यैलता बढ्दै गएको छ ।
एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको निर्णयमा पुनरावलोकन निवेदन दर्ता गराएलगत्तै निवासमै पुगेर दाहालले देउवासँग भेट गरेका थिए । ‘संसद् पुनस्थापना भएको पनि डेढ महिना भयो । संसद् अधिवेशन सुरु भएको पनि एक महिना हुन लाग्यो । नयाँ सरकारबारे केही प्रगति भएन । तपाईंहरुले ठोस निर्णय लिन नसक्दा अन्योलता भयो ।

आफै सरकारको नेतृत्व गर्ने गरी अगाडि बढ्नुस् भन्ने मेरो प्रस्ताव छ । होइन, यो प्रस्ताव मान्य छैन भने पनि एउटा निष्कर्षमा पुग्नुस् भन्ने मेरो आग्रह छ’ दाहालले देउवासँग गरेको प्रस्ताव उद्धृत गर्दै दाहाल निकट ती नेताले भने । उनका अनुसार जवाफमा देउवाले भनेका थिए, ‘म जसपासँग पनि छलफल गर्छु र चाँडै निर्णय लिन्छु ।’

adb bank long